इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबारको खेलमा पन्जाब किङ्सले जित निकालेको छ । उसले कलकत्ता नाइटराइडर्सलाई ५ विकेटले हराएको हो।
कलकत्ताले दिएको १६६ रनको लक्ष्य पन्जाबले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गर्याे ।
पन्जाबको जितमा कप्तान केएल राहुलले ६७ रनको अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । मायांक अग्रवालले ४०, शाहरुख खानले अविजित २२ रन बनाए ।
कलकत्ताका वरुण चक्रवर्तीले २, शिभम् माभी, सुनिल नारायण र भेन्कटेस अय्यरले १-१ विकेट लिए ।
यस अघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाएको थियो ।
कलकत्ताका लागि भेन्कटेस अय्यरले ४९ बलको सामना गर्दै ९ चौका र १ छक्काको मद्दतमा ६७ रनको अर्धशतकीय पारी खेले । राहुल त्रिपाठीले ३४ र नितिस रानाले ३१ रन बनाए ।
पन्जाबका अश्रदिप सिंहले ३, रबी बिस्नोईले २, मोहम्मद शामीले १ विकेट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यो जितसँगै पन्जाब १२ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा उक्लिँदा समान खेलबाट समान अंक जोडेको कलकत्ता रन रेटमा अघि रहँदै चौंथो स्थानमा छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।