एमाले विधान महाधिवेशन : ३ वटा दस्तावेजमाथि समूहगत छलफल जारी

नेकपा एमालेको हिजोदेखि जारी विधान अधिवेशन आज पनि जारी छ । 

ललितपुरको गोदावरीमा आयोजित महाधिवेशनमा विभिन्न ३ वटा दस्तावेज पेस भएका छन् । सो दस्तावेजमाथि छलफल गर्नका लागि विभिन्न १० समूह छुट्याइएको छ । अहिले ती १० समूहमा छलफल भइरहेको छ । 

अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेको संगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेस गरेको संशोधन प्रस्तावमाथि समूहगत छलफल भइरहेको हो । 

दिउँसो २ बजेपछि सुरु हुने पूर्ण सत्रमा विभिन्न समूहगत सुझावमाथि छलफल हुने बताइएको छ ।





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार ११:५५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया