मेलिना र लोकको ‘बेरुवाको औंठी’मा प्रकाश सपुत
फरकधार / १६ असोज, २०७८

गायनसँगै अभिनय मार्फत दर्शक श्रोताको मन जित्दै आएका गायक प्रकाश सपुत र चर्चित नायिका आँचल शर्मा एउटै म्युजिक भिडियोमा देखिएका छन् । 



गायिका मेलिना राई र गायक लोक पौडेलको नयाँ गीत ‘बेरुवाको औँठी’ को म्युजिक भिडियो उनीहरुसँगै देखिएका हुन् । 

लोक फ्लेवरको यस गीतमा दिपक शर्माको शब्द र संगीत रहेको छ ।  नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका छन् ।   

अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा  पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ ।  



बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो।  मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १२:२३:२७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया