कांग्रेस महाधिवेशन रुकुमपूर्वको सभापतिमा केशरमान रोका निर्विरोध

नेपाली कांग्रेस रुकुमपूर्वको सभापतिमा केशरमान रोका निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनबाट रोका सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

रोका यसअघि पनि जिल्ला सभापति थिए । सहमतिअनुसार रोकालाई पुनः सभापतिमा चयन गरिएको नेपाली कांग्रेस रुकुमपूर्वले जनाएको छ । रोका पूर्वसहायकमन्त्री भइसकेका छन् ।

उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम मगरलाई चयन गरिएको छ । खड्का निवर्तमान सचिव हुन् भने खाम मगर निवर्तमान उपसभापति हुन् । 

जिल्ला कार्यसमितिको सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसीलाई चयन गरिएको छ । धनप्रताप बुढामगर र खडकबहादुर घर्ती सहसचिवममा निर्वाचित भएका छन् ।

जिल्ला कार्यसमितिको सदस्यमा संगीता बुढामगर, बालकुमारी खड्का (घर्ती), रमुना विक, भरत घर्तीमगर, दलु बुढा, हुमलाल जैसी, बाबुराम कुँवर, मेखमाला बुढा, वसन्तकुमार बुढा, रामबहादुर नेपाली रहेका छन् । जम्मा १७ सदस्यीय जिल्ला कार्यसमित गठन भएको छ ।

सहमतिबाट जिल्ला कार्यसमिति चयन गरिएको छ । अब केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने तयारी भइरहेको बताइएको छ । जिल्ला अधिवेशनबाटै २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिने निर्वाचन अधिकृत ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १९:४९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया