अख्तियारविरुद्ध जसपाको मसाल जुलुस

जनता समाजवादी पार्टीले शनिबार साँझ प्रदेश २ का जिल्लामा मसाल जुलुस निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा मसाल जुलुस निकालिएको हो ।

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि जसपाको प्रदेश समितिले जिल्लामा मसाल जुलुस प्रदर्शन गर्न आह्वान गरेको थियो । जसपाका कार्यकर्ताले जनकपुरलगायत प्रदेश दुईका जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन गरेका हुन् । 

त्यसक्रममा उनीहरुले अख्तियारविरुद्व नाराबाजी गरेका थिए । विरोधका कार्यक्रमअन्तर्गत आइतबार जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने जसपाले जनाएको छ ।

अख्तियारको टोलीले प्रदेश २ सरकारले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत छात्रालाई साइकल वितरण गर्दा भ्रष्टाचार भएको भन्दै बुधबार मुख्यमन्त्री कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो ।





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार २०:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया