रामेछापमा कांग्रेस अधिवेशनः मतदानस्थलमा ढुंगामुढा, मतदान प्रक्रिया स्थगित

नेपाली कांग्रेस रामेछाप जिल्ला सभापतिका लागि आज भएको मतदान प्रक्रिया स्थगित भएको छ । 
 

मतदानस्थलमा ढुंगामुडा भएपछि मतदान प्रक्रिया स्थगित भएको हो । मतदानस्थलमा ढुंगामुडा भएपछि मतदाताहरु मत हाल्ने लाइनबाट भागेका थिए । 

जिल्ला सभापतिका उम्मेदवार लवश्री न्यौपानेविरुद्ध अरु दुई उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) र कृष्णबहादुर महतले मानिसहरु खटाएर यस्तो गरेको आरोप न्यौपाने पक्षले लगाएको छ ।

मतदान प्रक्रिया आइतबार सुरु हुनसक्ने अनुमान गरिएको छ ।

जिल्ला सभापति पदका लागि पूर्णबहादुर तामाङ (कान्छाराम), लवश्री न्यौपाने र कृष्णबहादुर महत उम्मेदवार छन् ।

कान्छाराम संस्थापन र बाँकी दुई उम्मेदवार इतर पक्षका छन्  ।





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार २३:२३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया