मुख्यमन्त्री कार्यालयमा छापा मारेकाेप्रति जसपाकाे आपत्ति

जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रदेश-२ को मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा अख्तियारले छापा मारेकोप्रति विरोध गरेको छ ।

‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छापा मारेको टिप्पणी गरेको छ । 

पार्टीको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले आइतबार बिहान विज्ञप्तिमार्फत छापा मारेर अख्तियारले सरकार प्रमुखको शक्ति र गरिमामा नै आघात पुर्‍याएकाे र जुन अत्यन्त आपत्तिजनकसँगै दुराशयपूर्ण भएको बताएका छन् ।

र, जसपा सधैं अनियमितता, भ्रष्टाचार, कमिसनतन्त्र, माफियातन्त्र र लुटतन्त्रको सुशासन र सदाचारको पक्षमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

तर, अख्तियारले अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक र राजनीतिक प्रतिरोधसँगै गणतन्त्रात्मक प्रणालीलाई धरामा पर्ने र प्रदेश सरकारहरूमा नैराश्यता उत्पन्न गराउने काम गरेको अधिकारीले भनेका छन् । 

अख्तियारले केही दिन अगाडि मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको भन्ने उजुरीका आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो । 




 



  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ९:२८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया