रामेछापमा स्थगित मतदान आज हुने

नेपाली कांग्रेस रामेछापको स्थगित मतदान सुरु हुन लागेको छ । नेता रत्न ढकालले मतदान केही बेरेपछि सुरु हुने बताएका छन् । 

यसअघि हिजो मतदान भइरहँदा मतदानस्थलमा ढुंगामुडा भएको थियो । त्यसपछि मतदान स्थगित भएको थियो ।

ढुंगामुडा हुनुभन्दा पहिले ७०० मत खसेको र त्यसपछि पनि थप ३०० मत खसेको स्रोतले जनाएको छ । स्रोतका अनुसार खसेकामध्ये १५० मत भने गायब भएको छ । 

त्यहाँ सभापति पदका तीन उम्मेदवार छन् । 

संस्थापन पक्षका पूर्णबहादुर तामाङ ‘कान्छाराम’, संस्थापनइतर पक्षबाट लवश्री न्यौपाने र कृष्णबहादुर महत रहेका छन् । 

ढुंगामुडा संस्थापनइतर पक्षबाट भएको स्रोतले बताएकाे छ ।



रामेछापमा कांग्रेस सभापति पदमा मतदान गर्ने मतदाताको संख्या एक हजार ४०० जना छन् । 
 



  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १०:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया