मध्यपूर्व एनआरएनए अभियानको मुटु होस्: उपाध्यक्ष डा. केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले मध्यपूर्व एनआरएनए अभियानको मुटु भएको बताएका छन् । 
मध्यपूर्व तथा मलेसियाका एनआरएनएकर्मीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका रहेको डा. केसीले बताए । 

‘कोरोना महामारीमा गाँस काटेर देशलाई अक्सिजन दिने मुटु हो एनआरएनए मध्यपूर्व,’ एनआरएनए मध्यपूर्वका प्रतिनिधिहरूलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. केसीले भने, ‘त्यसकारण देशभित्रकाले मात्र होइन, संसारकै नेपालीले उनीहरुलाई बिर्सन हुँदैन ।’ 

मध्यपूर्वका श्रमिकलाई आफू कार्यरत देशमा मात्र नभइ एनआरएनएमा पनि हेलाको दृष्टिले हेरिने गरेको बताउँदै डा केसीले त्यसमा परिवर्तन ल्याउनका लागि आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । 

वैदेशिक रोजगारीले नेपालको जिडीपीमा २५ प्रतिशत योगदान पुर्याएको र त्यसमध्ये ठूलो हिस्सा मध्यपूर्वका श्रमिकले धानिरहेको डा. केसीले बताए । ‘मध्यपूर्वका देशमा खटिएका नेपाली श्रमिकहरु नेपालका आर्थिक सिपाही हुन्,’ उनले भने । 

मध्यपूर्वमा पुग्ने सबैजसो नेपाली रहरले नभइ कहरले पुगेका भन्दै उनले देशमा रोजगारीको अवसर सिर्जना गर्न सके तातो बालुवामा पसिना चुहाउनु नपर्ने बताए । ‘हामी जन्मेको देशभित्रै रोजागरी र अवसरको व्यवस्था भए ४० डिग्री माथिको तापक्रममा कोही घोटिनुपर्ने थिएन,’ उनले भने । 





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ११:२३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया