मन्त्रिपरिषद् विस्तारको तयारी, बैठक बोलाउन बाँकी

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। 

सत्तारूढ गठबन्धनको एउटा घटक माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको तर बैठक भने बोलाउन बाँकी रहेको फरकधारलाई बताए ।

गठबन्धन सरकारको नेतृत्व गरेका शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

कांग्रेस नेताहरूले मन्त्रिपरिषद् विस्तार हुन नसक्नुका घटकहरू जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कारण भएको बताउँदै आएका छन् । जसले गर्दा कांग्रेस नेतृत्वको सरकार बद्नाम भएको उनीहरूको बुझाइ छ । 

यद्यपि हालसम्म कुन पार्टीले कति मन्त्रालय पाउने भन्ने नै गठबन्धनले टुंग्याएको छैन । 

देउवा नेतृत्वमा गठबन्धन सरकार २९ असारमा गठन भएको हो । सरकार गठन भएको अढाइ महिना हुँदा पनि हालसम्म गृहमन्त्री, कानुनमन्त्री, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री र स्वास्थ्य राज्यमन्त्री मात्रै नियुक्त भएका छन् ।





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १३:२०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया