कास्कीको पोखरा महानगरपालिका–३० पावर हाउस चोकबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित सोही एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ बस्ने पाल्पा माछागढी गाउँपालिका–१ घर भएका २१ वर्षीय अजय घर्ती मगर छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.१ ख ९७१५ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।