रुपन्देहीमा २१ वर्षीया महिला बलात्कृत

रुपन्देहीमा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका–६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई शनिबार साँझ पक्राउ गरेको छ । 

सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १३:३६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया