बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन पक्राउ, ड्रग्स पार्टी आयोजना गरेको आरोप

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यनलाई मुम्बईको नारकोटिक्स नियन्त्रण ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ । आर्यनसहित ८ जनाले क्रुज सिपमा ड्रग्स पार्टी गरेको आरोप एनसिबीले लगाएको छ ।  

शनिबार राति मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा उनीहरूलाई पक्राउ गरिएको एनसिबीले जनाएको छ । एनसिबीका अधिकारीहरू पर्यटक बनेर उक्त क्रुजमा यात्रा गरेका थिए । 

अहिले आर्यनसहित ८ जनालाई हिरासतमा राखी मुम्बई प्रहरीले बयान लिइरहेको छ । एनसिबीका निर्देशक समीर वानखेडेले आर्यनलाई दक्षिण मुम्बईको अफिसमा सोधपुछ चलिरहेको जानकारी दिएका छन् । 

पक्राउ परेकाहरूको ब्लड स्याम्पल पनि लिइएको छ । ‘आर्यन खानको अलवा अरबाज मर्चेन्ट, मुनमुन धमीचा, नूपुर सारिक, इस्मीत सिंह, मोहक जसवाल, बिक्रान्त छोकर र मोमित चोपडासँग अहिले सोधपुछ चलिरहेको छ,’ वानखेडेले भने । 
 





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १३:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया