म बाँचिरहेकाले नै आलोचक चिन्तित छन्ः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरु दुई कुराले बढी चिन्तित भएको बताएका छन् । 

उनले विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आलोचकहरु आफू बाँचेकैले चिन्तित भएको बताएका हुन् ।

‘हाम्रा विरोधीहरु म बाँचिरहेकाले चिन्तित छन्,’ उनले भने, ‘यो बिरामी हुन्छ, फेरि अपरेसन हुन्छ, अनि फेरि बाँच्छ भनेर उनीहरुले भनिरहेका हुन्छन् ।’

उनले कार्यकर्ताले आफूलाई माया गर्ने विषय र एमालेलाई फाइदा पनि हुने विषयले पनि विरोधीहरु चिन्तित भएको पनि बताएका छन् । ‘एमालेमा बोल्न पाइँदैन भनेर समेत हल्ला फिँजाएका छन्, उनले भने, ‘उनहरुले देवत्त्वकरणका कुरा पनि उठाएका छन् । तर, हामी लिडरसिपमा विश्वास गछौँ ।’





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १७:२४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया