प्रभु साहनिकट २५ जनाले अस्वीकार गरे प्रदेश कमिटी सदस्य, क–कसले लिएनन् पद ? (विज्ञप्तिसहित)

एमालेसँग असन्तुष्ट रहेका प्रभु साहनिकट प्रदेश २ का २५ सदस्यहरूले आफूहरुले राखेको ८ बुँदे मागलाई नजरअन्दान गरेर एकलौटी प्रदेश कमिटीमा राखेको भन्दै असन्तुष्टि जनाएका छन् । 

उनीहरूले सामूहिक रुपमा प्रदेश कमिटी पद अस्वीकार गरेका छन् । विनाऔचित्य आफ्नो खल्तीका मान्छेहरुलाई महाधिवेशनको मुखमा प्राथमिकताका साथ कमिटीमा राखिएको उनीहरुको आरोप छ । 

आइतबार विज्ञप्ति निकालेर उनीहरूले प्रदेश कमिटी सदस्य पद अस्वीकार गरेको जनाएका छन् ।

यस्तो छ विज्ञप्ति

प्रस्तुत विषयमा सर्वप्रथम, मुलुकमा स्थायित्व, सुशासन, राष्ट्रियताको रक्षा एवं प्रबर्द्धन सहित दिगो विकास र समृद्धिको राष्ट्रिय अभिभारा पुरा गर्न तथा टुट-फुटको पथबाट अगाडि बढ्दै गरेको नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ/थप उँचाईका साथ सही एवं सार्थक दिशा प्रदान गर्न देशका तत्कालीन दुई (२) प्रमुख कम्युनिष्ट पार्टीहरु {नेकपा (ऐमाले) र नेकपा (माके)} बीच गत निर्वाचनमा साझा उम्मेदवार तथा संयुक्त चुनावी घोषणा/प्रतिबद्धता पत्र सहितको वाम गठबन्धन जनअनुमोदित भई त्यसैको जग/बलमा दूवै पार्टीले विगतमा गरेको विभिन्न संघर्ष तथा आन्दोलनहरुको सकारात्मक पक्षहरुको साझा एवं सर्वस्वीकार्य संशलेषणलाई अंगीकार गर्दै 'नेकपा' को रुपमा पार्टीको ऐतिहासिक एकता वि.सं. २०७५ जेठ ३ गते नै भएको र सोहि अनुरूप अगाडि बढ्दै गरेको नेकपामा पार्टीकैं केहि शिर्षत् नेताहरुको चरम व्यक्तिवाद एवं बढ्दो निजी लालशा/स्वार्थ तथा केहि देशी-विदेशी एकता विरोधी शक्ति/तत्वहरुको गलत मनसाय एवं हर्कतले गर्दा नै आमजनभावना र देशको आवश्यकता विपरीत पार्टीभित्र सुरु भएको अस्वस्थकर दुई लाईन संघर्षको समयमा पनि हामी निरन्तर एकताकैं पक्षमा वकालत गर्दै क्रियाशील रहदै आएको र पछी सर्वोच्च अदालतले गरेको अप्रत्याशित एवं अनपेक्षित निर्णय/फैसलाबाट कानूनी/प्राविधिक ढंगले रुपमा एकहदसम्म पुनः नेकपा (एमाले) र नेकपा (माके) व्युतिएको अथवा हिजोकैं अवस्थामा जस्ताको त्यसतै फर्कै जस्तो देखिएतापनि यसलाई पुरानैं रुपमा जस्ताको त्यस्तै स्वीकार गर्नु भनेको राजनीतिक, व्यवहारिक तथा वैज्ञानिक रुपमा समेत बेईमानीपूर्ण पश्चगमन एवं अवसरवाद सिद्ध हुने ठोस ठहर गर्दै हामी अग्रगमनको पथमा एकताकैं भावको निरन्तरताको गहिरो अपेक्षा एवं विश्वाससहित अगाडि बढ्दै आएको विषय/स्थितिलाई सबै माझ पुनः एकपटक जोडदार रुपमा स्मरण गराउन सान्दर्भिक ठान्दछौं । तर अहिले आएर तत्कालीन दुबै पार्टी आ-आफ्नैं पुरानै सोच, स्वरूप एवं शैलीको अभ्यासमा रुम्लिनु/रमाउनु भनेको समग्रमा देश, जनता र नेपालको सिङ्गो कम्युनिष्ट आन्दोलनप्रति गम्भीर धोखा एवं घात भएको हाम्रो ठहर छ ।

हामीले नेकपाकैं निरन्तरताको रुपमा बुझ्दैं आएको नेकपा (एमाले) मा हाम्रो पक्षको आम मनोविज्ञान र अहिलेको वस्तुगत आवश्यकतालाई प्रतिनिधित्व गर्दै हाम्रो आदरणीय नेता क. प्रभु साहज्यूले राख्नुभएको ८ बुँदे मागलाई नजरअन्दाज गर्ने तर हाम्रो अनुहारको निरन्तर व्यापार गरिरहन हाम्रो सहमति बिना नै कमिटीमा केहि मान्छेको मात्र नाम राखी हामी भित्रै भ्रम र फुटको स्थिति सृर्जना गर्ने, बरिष्ठ कमरेडहरुलाई छोडेर/निशेध गरेर कनिष्ठलाई कमिटीमा राख्ने, नेकपाको निरन्तरता एवं एकताको भाव तथा कम्युनिष्ट आन्दोलन, पार्टी - संगठनमा गरेको योगदान र व्यक्तिको क्षमतालाई भन्दा पनि मुख्यतः प्रदेश २ मा महाराजा/महारानी शैलीमा कुनैपनि विधि, प्रक्रिया, मापदण्ड तथा विगतमा भएगरेका सबै सहमति एवं सम्झौता विपरीत, महाधिवेशनको मुखमा बिना औचित्य चाकडि बजाऊने गुटगत, नपुंसक, दास प्रवृत्तिका आफ्नो खल्तीको मान्छेहरुलाई प्राथमिकताका साथ कमिटीमा हुल्ने जुन नियोजित एवं त्रुटिपूर्ण हर्कत भएको छ, यो हर्कतले नेकपा एमाले अब फेरी प्रदेश २ मा विगतमाझैं विसर्जनको बाटो समात्न थालिसकेको कुरा प्रमाणित गर्न/निचोड निकाल्न पर्याप्त भएको ठहर सहित नेकपा एमालेले हाम्रो सहमति बिना चयन गरेको कथित प्रदेश कमिटी सदस्य पद अस्वीकार गर्दछौं । धन्यवाद !



क्र.सं. नाम जिल्ला

१. उपेन्द्र साह रौतहट



२. मनोज कुमार यादव "

३. कुन्दन कुशवाहा "

४. त्रिभुवन साह "

५. सियाराम कुशवाहा "

६. कविता साह "

७. राम अधार कापड़ महोत्तरी

८. राजकुमार यादव सर्लाही

९. शिव पुजन यादव "

१०. श्रीलाल महासेठ धनुषा

११. सिला यादव "

१२. शिव कुमार कापड़ "

१३. रामसिंह यादव "

१४. ईस्लाम हवारी पर्सा

१५. रामप्रित राम सिरहा

१६. महेश यादव "

१७. किसुन मण्डल "

१८. राधाकृष्ण मैनाली रौतहट

१९. शोभित यादव धनुषा

२०. फुलझरी देवी पर्सा

२१. योगेन्द्र साह पर्सा

२२. मो. सैनुला अंसारी बारा

२३. मुक्ति नारायण मिश्रा रौतहट

२४. राश नारायण राय सर्लाही

२५. सन्तोष मेहता रौतहट

  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १८:४८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया