ला-लिगामा रियलकाे पहिलाे हार

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड पराजित भएकाे छ ।

मड्रिड घरेलु टोली स्पानियोलसँग २-१ ले पराजित भएको हो ।

स्पानियाेलका लागि राउल थाेमस र एलेक्स भिदालले एक-एक गाेल गरे । मड्रिडका लागि करिम बेन्जिमा एक गाेल गरे ।

खेलको १७औं मिनेटमा थोमसले गोल गर्दै स्पानियोललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६०औं मिनेटमा भिदालले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । 

खेलको ७१औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । 



जारी सिजनमा पहिलो हार बेहोरे पनि रियल ८ खेलमा १७ अंक जोडेर शीर्ष स्थानमा कायम रहँदा स्पानियोल समान खेलबाट ९ अंकका साथ १२ औं स्थानमा छ ।
 



  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार ७:५६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया