नेपाली कांग्रेसकाे संस्थापन पक्षका उम्मेदवार गजेन्द्र तुम्याहाङ ताप्लेजुङको सभापति पदमा निर्वाचित भएका छन् ।
उनी प्रतिद्वन्द्वी छबिलाल गुरूङलाई पराजित गरी सभापति पदमा निर्वाचित भएका हुन् । गुरूङ संस्थापन इतरका हुन् ।
निर्वाचन समितिले जनाएअनुसार तुम्याहाङले ५८८ मत प्राप्त गरे । प्रतिद्वन्द्वी गुरूङले ४३० मत मात्रै प्राप्त गरे ।
उपसभापतिमा गणेशबहादुर लिम्बू (५३३ मत), डिल्लीरमण बराल (५२८ मत ), सचिवमा डम्बर हाङगाम ( ५५६ मत ), ईन्द्रकुमार ओझा ( ४४२ मत ), सहसचिवमा तेजकुमार सुनुवार ( ६३८ मत ) र नन्दकुमार आङबुहाङ (४९४ मत) निर्वाचत भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।