प्रदेश २ लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

प्रदेश २ लोकसेवा आयोगले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई दोस्रो वार्षिक प्रतिवेदन बुझाएको छ । सोमबार आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले प्रदेश प्रमुख मिश्रसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन् । 

आयोगले गत वर्ष बढुवा, अन्तर सेवा तथा खुला र समावेशी गरी कुल १ सय ६५ विज्ञापनबाट २ सय ७२ पदका लागि विज्ञापन प्रकाशित गरेको थियो । जसमा बढुवातर्फ १ सय १३, अन्तरसेवातर्फ १४, खुलातर्फ ९५ र समावेशी समूहतर्फ ५० पदका लागि विज्ञापन गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । 

आयोगले कर्मचारीको अभाव भए पनि गत वर्ष विभिन्न सेवा र तहका लागि ८५ वटा पाठ्यक्रम निर्माण गरेको आयोगका अध्यक्ष यादवले बताए । उनले आयोगमा प्रदेश सरकारबाट २१ जनाको अस्थायी दरबन्दी रहेकोमा हाल काजमा ६ जना र करारका ५ जना कर्मचारीले मात्र कार्यसम्पादन गरिरहेको बताए । 

यस अवधिमा ८५ वटा पाठ्यक्रमको निर्माण गरिएको उनले जानकारी दिए । 

आयोगले गत वर्षको फागुन २२ र २९ गते सञ्चालन गरेको अधिकृत सातौँ तह इन्जिनियरिङ सेवाको परीक्षाका लागि २ हजार ३४८ जनाले फारम भरेकोमा १ हजार ९६ जना परीक्षार्थी सहभागी भएको प्रतिवेदनमा उल्लेख छ ।





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १७:५६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया