मन्त्री माग्दा विवाद भएपछि भिनाजुलाई राजदूत बनाउन चाहन्छन् प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले आफ्ना जेठान गजेन्द्र हमाल र दीपक तिमिल्सिनालाई मन्त्री बनाउन प्रस्ताव गरेको विषयमा विवाद भएपछि राणाले भिनाजुलाई राजदूत बनाउनुपर्ने माग गरेको बुझिएको छ । 

केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला प्रधानन्यायाधीशले ओलीसँग एकमन्त्री र दुई राजदूत मागेको तर ओलीले ‘न्यायालयभित्रबाट जे मागे पनि म दिन तयार छु, तर कार्यकारीमा चाँहि हुन्न’ भनेपछि राणा प्रधानमन्त्रीसँग रिसाएको स्रोतको दाबी छ । 

प्रधानन्यायाधीश राणाले त्यतिखेर भिनाजु कृष्ण प्रसाद उप्रेतीलाई राजदूत बनाउन खोजेका थिए । उप्रेती धादिङस्थित केपी सिमेन्टका सञ्चालक हुन् । 

मन्त्री मागेको विषयमा विवाद भएपछि राणाले यसपटक पनि उप्रेतीलाई राजदूत बनाउन पहल गरेको बताइएको छ । 

प्रधानमन्त्री देउवा उप्रेतीलाई कोरियाको राजदूत बनाउन लगभग राजी भएको स्रोतको दाबी छ ।
 
प्रधानन्यायाधीश राणालाई सर्वोच्चमा ल्याउनमा भूमिका खेलेका गजेन्द्र कांग्रेसको राजनीतिमा छन् । कांग्रेसकै सक्रिय राजनीतिमा भएका कारण उनको विरोध गर्न गाह्रो भएको तर तिमिल्सिनाको विषयमा पार्टीभित्रै विरोध रहेको एक नेताले बताए । 





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार २१:३४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया