नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गाली शिरोमणिको संज्ञा दिएकी छिन् ।
सोमबार दैलेखमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विभाजन हुनुको मुल कारण केपी ओली भएको बताएकी छन् ।
ओलीले कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टीजस्तो बनाएर चलाउन नसकेकाले छुट्टै कम्युनिस्ट पार्टीको आधार सिर्जना गर्नका लागि नयाँ पार्टी गठन गरेपछि केपी ओलीको अहंकार र निरङ्कुशवादी सोचको अन्त्य भएको उनले बताइन् ।
ओलीले आर्थिक समृद्धिका गफ चुटेर आफ्ना नजिकका कार्यकर्ता पोस्ने कामबाहेक अरु केही नगरेको भन्दै उनले दुई–दुई पटक संसद भंग गरेर ओलीले मुलुक र वामपन्थी आन्दोलनलाई विसर्जनको बाटोतिर धकेलेको आरोप लगाइन् ।
कार्यक्रममा एकीकृत समाजवादीका कर्णाली प्रदेश संयोजक प्रकाश ज्वाला, कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा लगायतले पार्टी विभाजनको विषयमा कार्यकर्तालाई जानकारी गराएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।