फेसबुकमा प्राविधिक समस्या आउँदा साढे तीन अर्ब प्रभावित, करिव साढे ७१ करोड रुपैयाँ नोक्सानी

सामाजिक सञ्जाल फेसबुकमा हिजो प्राविधिक समस्या आउँदा विश्वका साढे तीन अर्ब मानिस प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था बिबीसीका अनुसार हिजो फेसबुकमा ६ घण्टा प्राविधिक समस्या आउँदा उक्त संख्यामा प्रयोगकर्ताहरु प्रभावित भएका हुन् । 

हिजो एकसाथ फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर र ह्वाट्सएपमा प्राविधिक समस्या आएको थियो । समस्याका कारण ती सामाजिक सञ्जाल ६ अवरुद्ध भएका थिए । 
यस घटनालाई लिएर फेसबुकले प्रयोगकर्ताहरूसँग माफी मागिसकेको छ । 

प्राविधिक समस्या आउँदा कम्पनीको विज्ञापनमा ठूलो असर गरेको बताइएको छ । फेसबुकलाई प्रतिघण्टा १० लाख अमेरिकी डलर अर्थात ६ घण्टामा ६० लाख अमेरिकी डलर (७१ करोड ४२ लाख ४० हजार ६ सय रुपैयाँ) नोक्सान भएको छ । 

प्राविधिक समस्याका कारण फेसबुकले सेयर बजारमा घाटा व्यहोर्नुपरेको छ । न्यूयोर्कमा फेसबुकको सेयर पाँच प्रतिशतले तल झरेको जनाइएको छ ।  





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार १२:८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया