बलिप्रथाको विरोधमा जनकपुरमा प्रदर्शन

जनकपुरधाममा मंगलबार बलिप्रथाको विरोधमा प्रदर्शन गरिएको छ । 

पशुबलि बन्द गर्न माग गर्दै ब्रह्म कविर उपासक समाज धनुषाले नगर परिक्रमा गर्दै प्रदर्शन गरेको हो । 

जनकपुरधामस्थित विभिन्न शक्तिपीठमा हुँदै आएको बलिप्रथाको विरोध गर्दै समाजका संयोजक शिवकुमार महतोको अगुवाइमा निस्केको विरोध र्याली बजरंग चोक, रामानन्द चोक, जानकी मन्दिर, राजदेवी मन्दिर, राम चोक, मुरलीचौक हुँदै पुनः सोही स्थानमा आएर समापन भएको थियो । 

संयोजक महतोले बलिप्रथा, दाइजो र नशामुक्त समाज निर्माणलगायतका माग राख्दै आफूहरुले जुलुस प्रदर्शन गरेको बताए ।

समाजले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बलिप्रथा बन्द गर्न माग गर्दै ज्ञापन पत्र समेत बुझाएको छ ।





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार १८:१०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया