गण्डकीमा आज १२४ जना संक्रमणमुक्त

गत २४ घण्टामा गण्डकी प्रदेशमा १२४ कोरोना संक्रमणमुक्त भएका छन् । यसअवधिमा १०० सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार थपिनेमा कास्कीका ४४, बाग्लुङका १३, स्याङ्जा र नवलपरासी पूर्वका १०/१०, म्याग्दी र गोरखाका सात/सात, तनहुँका पाँच, पर्वतका तीन र लमजुङका एकजना छन् ।

अद्यावधिक विवरणअनुसार प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ८६ हजार ८८ पुगेको छ ।  हालसम्म प्रदेशमा ८३ हजार ६८२ सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमित एक हजार ३५ छन् । 

प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको संख्या १ हजार ३७१ पुगेको निर्देशनालयले जनाएको छ ।  





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार २०:७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया