धितोपत्र बोर्डको अध्यक्षबाट भीष्मराज ढुंगाना बर्खास्त

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो। 

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद्‍मा लगेको ढुंगानालाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। 

बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।त्यसपछि अर्थ मन्त्रालयले छानबिन थालेको थियो।

मन्त्रालयले गठन गरेको समितिले ढुंगानालाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो । समितिको सिफारिसका आधारमा आजको मन्त्रिपरिषद बैठकले ढुंगानालाई बर्खास्त गरेको हो । 

उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ पुसमा सो पदमा नियुक्त गरेको थियो।

धिताेपत्र बाेर्डका अध्यक्ष ढुंगाना निलम्बित



धितोपत्र बोर्डको अनियमितताका दोषीलाई कारबाही गर्न अर्थसमितिको निर्देशन

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि छानविनका लागि गठित समितिले बुझायो प्रतिवेदन



सर्वोत्तम सिमेन्ट सेयर प्रकरण : ढुंगानालाई सरकारले स्पष्टीकरण सोध्ने

 

  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार २०:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया