कांग्रेस-भाजपा सम्बन्धमा थप सुदृढको प्रयास

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली भारत जाँदैछ ।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा टोली भोलि भारत जान लागेकाे हो ।

‘पार्टी टु पार्टी’ सम्बन्धनलाई अझ प्रगाढ बनाउन दुई पार्टीका प्रतिनिधिहरूको भेटघाट हुन लागेकाे डा. महतले फरकधारलाई बताए । 

‘त्यहाँ (भारत)को सत्तामा भारतीय जनता पार्टी छ, यहाँ (नेपालमा)हामी (कांग्रेस) छौं’, पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतले भने, ‘सत्ता नेतृत्व दुई दलबीच सरकार सञ्चालन, पार्टी सञ्चालनसँगै दुई दलको सम्बन्ध र अण्डरस्ट्यान्डिङको लेभल बढाउनेबारे छलफल हुने छ ।’

टोलीमा संविधानसभा सदस्य अजयकुमार चौरासिया र पूर्वराज्यमन्त्री उदय राणा पनि हुनेछन् । 
 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १०:५६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया