शाहरुख खानलाई भेटेपछि हिरासतमा रोए आर्यन

ड्रग्स मामिलामा मुम्बई प्रहरीको हिरासतमा रहेका छोरा आर्यनलाई पिता बलिउड सुपरस्टार शाहरुख खान र आमा गौरी खानले भेटेका छन् । 

भेट्न जाँदा गौरीले आर्यनलाई बर्गर लिएर गएकी थिइन् । तर मुम्बई प्रहरीले नियमअनुसार बाहिरबाट लगेको चिज खान दिन नपाइने हुँदा गौरीले लगेको बर्गर आर्यनले खान भने पाएनन् । 

प्रहरीको अनुमति लिएर शाहरुखलाई केही मिनेट छोरा आर्यनसँग भेट गर्न दिइएको थियो । भेटमा आर्यन इमोशनल हुँदै रोएका थिए । 

केही दिनअघि मुम्बईबाट गोवा जाँदै गएको क्रुज शीपमा ड्रग्स पार्टी चलिरहँदा प्रहरीले आर्यनसहित ८ जनालाई पक्राउ गरेको थियो । हालसम्म यस घटनामा १२ जना पक्राउ परिसकेका छन् । 
 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १३:४०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया