दशैंलाई लक्षित गर्दै नेपाली सेनाद्वारा निशुल्क सडक यातायात र हवाई सेवा प्रदान

नेपाली सेनाले दशैं विदामा घर जाने सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई निशुल्क यातायात सेवा उपलब्ध गराउन सुरु गरेको छ । 

विभिन्न कल्याणकारी सेवा–सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गरिएको नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । यो सेवा सेनाले असोज १८ गतेदेखि ३० गतेसम्म उपलब्ध गराउने जनाएको छ । 

सेनाले बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सडक यातायात र हवाई सेवा दुवै प्रदान गर्ने बताएको छ । 

सडक सञ्जालको सहज पहुँच पुगेका स्थानहरुमा सडक यातायात बाट र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी/हिमाली क्षेत्रहरुमा हवाई उडान संचालन गरिएको सेनाले जानकारी दिएको छ । 

यो योजना अनुरुप हालसम्म सडक यातायात सेवाबाट ५२० जना सकलदर्जा एवं आश्रित परिवारहरु र हवाई उडानमार्फत ८६ जना लाभान्वित भएको सेनाले जनाएको छ ।
 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १६:५५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया