संघीयताले नेपाली जनताले गरिबी र भ्रष्टाचार मात्रै पाए : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले नेपाली जनताले गरिबी र भ्रष्टाचार मात्रै पाएको बताएका छन् । ‘नेपालमा आएको संघीयताले मुलुकमा गरिबी र भ्रष्टाचार बढेको छ,’ उनले भने, ‘यो खारेज गर्नुपदर्छ ।’

बुधबार राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले धनगढीको पार्कमोडमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले एमसिसी, भ्रष्टाचार र महँगीका विरुद्ध आफूहरु आन्दोलित गर्न बाध्य भएको बताए । 

उनले संघीयतामा संघ र प्रदेशका आठवटा सरकारलाई पाल्नका लागि ऋण काढ्नुपर्ने अवस्था आएको भन्दै त्यसले नेपाली जनतालाई गरिबीतिर धकेलेको बताए । 

सत्तामा जानका लागि भारत र अमेरिकासँग लम्पसार पर्ने पार्टी देशमा भएको बताउँदै उनले आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा कुनै पनि साम्राराज्यवादी शक्तिसँग घुँडा नटेक्ने उनले उल्लेख गरे ।

अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका रक्षाका लागि लड्ने पार्टी भएको बताउँदै एमसिसी नेपालको हितमा नभएको र राष्ट्रियतामाथि नै खतरा भएको बताए ।

विरोधसभा अघि धनगढीको ट्राफिक चौराहबाट पार्क मोडसम्म र्यालीसमेत प्रदर्शन गरेको थियो ।
 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १८:४०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया