जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरमा लिंगो फेरियो

जुम्लामा कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी विधिपूर्वक घटस्थापना गरिएको छ । चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर घटस्थापना सुरु गरिएको हो । 

धार्मिक मान्यता अनुसार एक वर्षमा ५२ हप्ता  हुने र चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन रहेको चन्दननाथ भैरवनाथ मन्दिर गुठी ब्यवस्थापन समितिका सचिव जित बहादुर महतले बताए । 

‘वर्षेनी घटस्थापना​को दिनमा पुरानो लिंगो निकालेर नयाँ लिंगो खडा गर्ने चलन छ। भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ,’ उनले भने,‘चन्दननाथ र भैरवनाथ मन्दिरमा थपिने दुई वटा लिंगो ​ ४२ देखि ४५ हातसम्मका हुने गरेका छन् ।’





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १५:४५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया