कांग्रेस केन्द्रीय सदस्य पौडेललाई कोभिड–१९ संक्रमण
फरकधार / २१ असोज, २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोभिड–१९ संक्रमण भएको छ। बुधबारदेखि ज्यान दुख्‍नेलगायत समस्या देखिएपछि बिहीबार पिसिआर परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देएिको हो ।  



उनले बिपी स्मृति अस्पताल बसुन्धारामा कोभिड परीक्षण गरेको र परीक्षणमा उनलाई संक्रमण देखिएको उनीनिकट नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । 

अहिले पौडेलको अवस्था सामान्य छ । 



  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १९:२२:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया