आइएसमाथि तालिबानको हमला

अफगानिस्तानमा विद्रोहमार्फत सत्ता हत्याएको तालिबानले इस्लामिक स्टेटका किल्लाहरूमा हमला बढाएको छ । आइतबार इदगाह मस्जिदमा भएको हमलामा पाँच नागरिकको मृत्यु भएपछि तालिबानले त्यसको प्रतिरोधस्वरुप बिहीबार हमला गरेको हो । 

इस्लामिक स्टेट समूहले तालिबानले सत्ता कब्जा गरेपछि हमला तीव्र बनाउँदै लगेको छ । आइतबार तालिबानका प्रवक्ता जबिउल्लाह मुहाजिदको आमाको स्मरणमा मस्जिदमा प्रार्थना सभा चलिरहँदा हमइएस लडाकुले हमला गर्दा पाँचजना मारिएका थिए। 

यसअघि २६ अगस्टमा काबुल विमानस्थलमा भएको आक्रमणको पनि इस्लामिक स्टेट समूहले जिम्मा लिएको थियो। सो हमलामा झण्डै दुई सयजना मारिएका थिए । मारिनेमा १३ अमेरिकी सैनिक थिए । 





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार २१:५०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया