आइपिएल : राजस्थानमाथि सहज जित निकाल्दै कोलकाता प्ले अफ नजिक

इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बिहीबार भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८६ रनले हराएको छ ।

कोलकाता दिएको १७२ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा  अलआउट हुँदै मात्र ८५ रनमा समेटियो ।

राजस्थानका राहुल तेवाटियाले सर्वाधिक ४४ र शिभम् दुबेले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका शिभम्  माभीले ४, लकी फर्गुसनले ३, साकिब अल हसन र वरुण चक्रवर्तीले १-१ विकेट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
 
यसअघि सारजहा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

कोलकाताका लागि शुभमन गिलले ५६ रनको अर्धशतकीय पारी खेले । ४४ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे ।
 
भेन्कटेस अय्यरले ३८ तथा राहुल त्रिपाठीले २१ रन बनाए । दिनेश कार्तिक १४ र  कप्तान इयन मोर्गन १३ रनमा अविजित रहे । 

राजस्थानका चेतन साकारिया, क्रिस मोरिस, राहुल तेवाटिया र ग्लेन फिलिप्सले १-१ विकेट लिए। 



यो जितसँगै १४ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा उक्लिएको कोलकाताले प्ले अफ सम्भावना बलियो बनाउँदा राजस्थानले समान खेलबाट १० अंकका साथ सातौं स्थानमा रहेर लिगकाे अन्त्य गरेकाे छ ।



  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार ७:३४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया