अमेरिकी पनडुब्बी दक्षिण चीन सागरमा दुर्घटना

अमेरिकाको परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बी दक्षिण चीन सागरमा दुर्घटनामा परेकाे छ । पनडुब्बी अज्ञात वस्तुसँग दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी  १५ जलसेना घाइते भएका छन् ।

युएसएस कनेक्टिकट नामक पनडुब्बी कसरी ठोक्कियो यस बारेमा भने कुनै जानकारी आएकाे छैन।

अमेरिकी जलसेनाका प्रवक्ताले दुर्घटनामा परे पनि पनडुब्बीको महत्वपूर्ण भागमा कुनै नोक्सान नपुगेको बताएका छन् ।

उनले भने, ‘दुर्घटनामा युएसएस कनेक्टिकटकाे परमाणु ऊर्जाप्लान्ट र अन्य महत्वपूर्ण भागमा कुनै नाेक्सान पुगेकाे छैन र पनडुब्बी ठीक तरिकाले काम गरिरहेकाे छ।’  

दक्षिण चीन सागर विश्वकाे सबैभन्दा विवादित र आर्थिक रूपले महत्वपूर्ण जलमार्गकाे रूपमा लिने गरिन्छ । चीनले यसकाे सबै क्षेत्र आफ्नाे हाे भनी दाबी गर्दै आइरहेकाे छ । हाससालै चीनले कृत्रिम द्वीपकाे पनि निर्माण गरेकाे छ । 

यसैगरी मलेसिया, ब्रुनाइ, भियतनाम, फिलिपिन्स र ताइवानले पनि समुन्द्रकाे हिस्सामा आफ्नाे दाबी गर्दै आइरहेका छन् ।
 





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १०:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया