शाहरुखको छोरा आर्यनलाई लिएर रितिक र कंगनाबीच जुहारी

ड्रग्स प्रकरणमा बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । मुम्बई कोर्टलाई उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ । 

यसबीचमा आर्यनको समर्थन र विरोधमा सामाजिक सञ्जाल तातेको छ । बलिउड सुपरस्टार रितिक रोशनले आर्यनको हौसला बढाउनको लागि इन्स्टाग्राममा एक पोष्ट गरेका थिए । जसको केहीबेरपछि बलिउड नायिका कंगना रनौतले रितिकलाई प्रश्न उठाउँदै पोष्ट गरेकी छन् । 

‘म तिमीलाई त्यसबेलादेखि चिन्छु जतिबेला तिमी बच्चा थियौ । अहिले पनि म तिमीलाई चिन्छु जतिबेला तिमी परिपक्व भइसकेका छौ । आफ्नो जिम्मेवारी स्वीकार गर । जे अनुभव तिमी गरिरहेका छौ त्यसलाई स्वीकार गर । यो तिम्रो लागि उपहार हो । मलाई विश्वास गर । जब तिमी अघि बढेर यी कुराहरुलाई जोड्छौ तब तिमीले बुझ्नेछौ,’ रितिकले लेखेका छन् । 

रितिक यतिमै रोकिएका छैनन् । उनले अगाडि लेखेका छन्, ‘तिमी दानवको आँखामा हेर र धैर्यता कायम राख । यो बुझ– आजको यो घटनाक्रमले तिमीलाई भोली दिनेछ । र तिम्रो भोली सुनौलो छ । तर यसको लागि तिमी अँध्यारो बाटोबाट हिँड्नु पर्नेछ । धैर्यता राख । शान्त बनेर  र आफ्नो जिम्मेवारी उठाउ ।’ 

रितिकले इन्स्टाग्राममा यो पोष्ट गरेको केही समयमा नै नायिका कंगनाले इन्स्टाग्राममा जवाफ फर्काएकी छन् । उनले लेखेकी छन्, ‘अहिले सबै माफिया पप्पु आर्यन खानको बचाउमा आएका छन् ।’ 

‘हामी गल्ती गर्छौं तर त्यसको गुणगान गर्नु हुँदैन । मलाई लाग्छ यसो गर्दा आर्यनलाई सत्यको ज्ञान हुन्छ र आफूले गरेको कामको परिणामबारे सोच्नेछन् । आशा गर्छु उनले यस घटनाबाट पाठ सिक्नेछन् र असल मानिस बन्नेछन्,’ कंगनाले भनेकी छन् । 



कसैले गल्ती गर्दा उसलाई गल्ती गरेको महशुस नगराउन अपराध गरेको सरह हुने कंगनाले बताएकी छन् । 



  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १२:३५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया