सुरक्षित मात्र छैन कन्डम, खतरनाक पनि छ है

नचाहेको गर्भ, एसटिडी रोग, सुरक्षित शारीरिक सम्बन्ध र यौनजन्य रोगबाट बच्नका लागि आमरूपमा कन्डम प्रयोग गरिन्छ । कन्डम अलगअलग फ्लेभर र प्रकारमा बजारमा उपलब्ध छ, जसले जोडीको यौनजीवन स्तरीय बनाइदिन्छ ।

तर, यसको फाइदामात्र छैन- केही हानि पनि छ । विज्ञहरूका अनुसार, कन्डमका थुप्रै साइडइफेक्ट छन् । यसले वैवाहिक जीवनमात्रै प्रभावित नपारी यौनसम्बन्धी रोगको कारणसमेत बन्न सक्छ । 

के हो कन्डम ?

कन्डम एक पातलो फिटेड ट्युब हो, जसलाई शारीरिक सम्बन्ध राख्ने बखत पुरुषले आफ्नो लिंगमा लगाउँछन् । यसबाट शुक्राणु महिलाको योनीमा प्रवेश गर्नबाट रोक्छ र प्रेग्नेन्सीको सम्भावना कम गरिदिन्छ । उता, अहिले महिलाको कन्डम पनि आविष्कार भइसकेको छ । यो कन्डम सम्बन्ध राख्ने समयमा महिलाको योनीमा राखिन्छ । यसबाट पनि नचाहको बेलामा गर्भ रहनबाट जोगिन्छ । साथै, यसले एसटिडी हुनबाट पनि जोगाउँछ । 

के हानि छ कन्डमबाट ?

कन्डमको प्रयोगमा हुने सानोभन्दा सानो गल्तीबाट पनि ठूलो हानि हुन सक्छ । अधिकांश कन्डम निर्माताले यसलाई बनाउँदा लेटेक्स प्रयोग गर्छन् । यो रबरको बोटबाट निस्कने तरल पदार्थ हो र यो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसमा प्रोटिन अधिक हुन्छ र त्यसबाट कतिपयलाई एलर्जी हुन सक्छ । एलर्जी हुने व्यक्तिले सिन्थेटिक कन्डोम प्रयोग गर्नु उपयुक्त हुन्छ ।



लेटेक्स एलर्जी हुँदा निरन्तर हाच्छ्यूँ आउँछ । सिँगान बहन थाल्छ । गुप्तांग चिलाउने र दरफरिन थाल्छ । कहिलेकाहीँ त गुप्तांग सुन्निन पनि सक्छ, रिँगटा लाग्न सक्छ । यस्तो लक्षण देखिएमा अर्कोखालको कन्डम प्रयोग गर्न थालिहाल्नु पर्छ र चिकित्सकको सल्लाह लिनुपर्छ । एक्सपर्टहरू यस्तो कन्डमबाट ९९ प्रतिशत प्रेग्नेन्सी सुरक्षित हुने बताउँछन् । यसलाई प्रयोग गर्दा एक्सपायरी डेट र च्यातिएको वा कतै चुँडिएको छ कि छैन हेर्नुपर्छ ।

एक शोधका अनुसार, यस्तो कन्डोमको प्रयोगले महिलामा क्यान्सरजस्तो घातक रोग लाग्न पनि सक्छ । यसको मुख्य कारणचाहिँ कन्डोममा प्रयोग गरिएको ड्राई लुब्रिकेन्ट हो । चिकित्सकहरूका अनुसार, यसमा रहेको ओवेरियन पाउडरले नै क्यान्सर गराउन सक्छ ।



कन्डोमको माथिपट्टिको फेलोपियन ट्युबमा फाइब्रोसिस लगाइएको हुन्छ । शोधका अनुसार, यसले महिलालाई बाँझोपनको सिकार बनाइदिन सक्छ । यस्तो कन्डोम सातामा दुई पटकभन्दा बढी प्रयोग गर्दा योनीमा हुने चिल्लोपना सुकाइदिन्छ । र, योनीको झिल्लीमा रहने सेन्सेटिभनेसलाई नै विस्तारै मारिदिन पनि सक्छ । यसले महिलाको योनीबाट लुब्रिकेन्ट स्खलन बन्द गरिदिन सक्छ, जसले गर्दा योनी दुख्ने र घाउ हुने समस्या निम्तन पुग्छ ।

बिर्सन नहुने कुरा

-एकै समय पुरुष र महिला दुवैले कन्डम प्रयोग गर्नु हुँदैन । यसरी दुवैले प्रयोग गर्दा कन्डोम एकापसमा टाँसिने र झिक्दा च्यातिने डर हुन्छ ।

-सधैं स्तरीय ब्रान्डको कन्डम प्रयोग गर्नुपर्छ । कन्डोमको एक्सपायरी डेट हेर्न कहिल्यै भुल्नु हुँदैन। 

-कन्डमको प्याकेटमा लेखिएको दिशानिर्देशनलाई राम्ररी पढेर मात्र प्रयोग गर्नुपर्छ ।

-प्याकेट खोल्दा हातमात्रै प्रयोग गर्नुपर्छ, मुख या दाँत प्रयोग गर्नु हुँदैन ।

-शारीरिक सम्बन्ध राख्दाराख्दै यो च्यातिएमा चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार ७:१३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया