आइपिएल : समूह चरणबाटै बाहिरियो साविक विजेता मुम्बई

आइपिएल अन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा साबिक विजेता मुम्बई इन्डियन्स विजयी भएको छ । सनराइजर्स हैदराबादमाथि ४२ रनको जित हात पारेको हो । 
मुम्बईले दिएको २३६ रनको विशाल लक्ष्य पछ्याएको हैदराबादले २० ओभर नै ब्याटिङ गरे पनि विकेट गुमाउदै १९३ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि कप्तान मनिष पान्डेले उत्कृष्ट प्रदर्शन गरे । उनले ४१ बलमा ७ चौका र २ छक्काको मद्दतमा अविजित ६९ रन बनाए ।

जासन रोयले ३४, अविशेक शर्माले ३३ र प्रियम गर्गले २९ को योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोडन सकेनन् ।

मुम्बईका जसप्रित बुमराह, नाथन कल्टर नाइल र जेम्स निशमले २-२ विकेट हात पार्दा ट्रेन्ट बोल्ड र पियुष चावलाको नाममा १-१ विकेट रह्यो । यसअघि अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको थियो ।

मुम्बईका लागि इशान किशन र सुर्य कुमार यादवले उत्कृष्ट प्रदर्शन गरे । ३२ बलको सामना गरेका किशनले ११ चौका र ४ छक्कको मद्दतले ८४ रन बनाए ।

यादवले ४० बलमा १३ चौका र ३ छक्काको मद्दतमा ८२ रन जोडे । कप्तान रोहित शर्माले १८ रनको योगदान दिए ।



हैदराबादका जेसन होल्डरले ४, राशिद खान र अविशेक शर्माले २-२ तथा उम्रन मलिकले १ विकेट हात पारे ।

जितका बाबजुत पनि मुम्बईले प्ले अफमा स्थान बनाउ भने सकेन । १४ खेलबाट १४ अंक जोडेको मुम्बई समान अंक भए पनि रन रेटमा कोलकाता नाइट राइडर्ससँग पछि पर्दै पाँचौ स्थान रहेको हो । 



हैदराबादले १४ खेलमा ६ अंक जोड्दै अन्तिम स्थानमा रहेर लिगको अन्त्य गरेको छ । लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैग्लोरले दिल्ली क्यापिटल्समाथि ७ विकेटको जित हात पारेको छ ।

हारका बाबजुत दिल्ली शीर्ष स्थानमा कायम रहँदा बैग्लोर तेस्रो स्थानमा यथावत छ । यो नतिजासँगै आइपिएलको प्ले अफ समीकरण पनि पूरा भएको छ । यसपटक दिल्ली क्यापिटल्स, चेन्नइ सुपर किङ्ग्स, रोयल च्यालेन्जर्स बैग्लोर र कोलकाता नाइट राइडर्सले प्ले अफमा स्थान सुरक्षित गरेका छन् ।

दिल्ली र चेन्नइले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्दा एलिमिनेटरमा बैग्लोरले कोलकाताको सामना गर्नेछ ।
 

  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार ८:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया