न्याय माग्दै माइतीघरमा रिले अनसनमा बसेकामाथि प्रहरीद्वारा बल प्रयोग

न्याय माग्दै नेपालगञ्जदेखि हिडेर काठमाडौं आएर माइतीघरमा रिले अनसनमा बसेका माथि प्रहरीले बल प्रयोग गरेको छ । हिजो राति प्रहरीले केहीलाई माइतीघरबाट नियन्त्रणमा लिएर मानव सेवा आश्रममा राखेको थियो । भने महिला अधिकारकर्मी रुबी खानलाई प्रहरीले हिरासतमा लिएको छ । 

१३ जनालाई प्रहरीले मध्यरातमा रानीवन स्थित मानव सेवा आश्रममा पुर्‍याएको थियो । आश्रममा राखेकाहरूलाई प्रहरीले भर्खरै छोडेको रिले अनशनमा बसेका राहुल शेखले जानकारी दिए । 

मध्यरातमा आश्रममा राखेर प्रहरीले बाहिर कुरेर बसेको थियो । रुबीलाई भने प्रहरीले अहिले पनि हिरासतमै राखेको शेखले बताए । 

बाँकेकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि २० दिन हिडेर नेपालगञ्जबाट काठमाडौं पुगेको टोलीमाथि प्रहरीले धरपकड गरेको हो । न्याय दिनुको साटो प्रहरीले बल प्रयोग गरेर आफूहरूको आन्दोलन नै कमजोर पार्ने काम गरिरहेको शेखको भनाइ छ । 

प्रहरीले माइतीघर निषेधित क्षेत्र भन्दै त्यो ठाउँमा नबस्न निर्देशन दिएको छ । 'यो ठाउँ निषेधित क्षेत्र हो । यहाँ बस्न पाइदैन । कतै होटलमा गएर बस्नुहोस् । यहाँ बसेमा कारवाही गर्छौ भन्दै प्रहरीले धम्की दिएको छ ।' शेखले भने । 





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १२:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया