‘पढ्दै : कमाउँदै’ कार्यक्रम सञ्चालन गर्दै सरकार

सरकारले ‘पढ्दै : कमाउँदै’ कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि उक्त कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

शनिबार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले उक्त कार्यक्रमले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

अर्थमन्त्री शर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिँदै विकासको मोडल समूदायमा आधारित हुनुपर्ने बताए । 

‘अहिले म अर्थमन्त्री भएको बेला 'पढ्दै : कमाउँदै' भन्ने कार्यक्रम संचालनमा ल्याउने गरी तयार भएको छ । त्यसलाई लेख्ने बेला बिग्रिएन भने राम्रो परिणाम देला भन्ने मलाई विश्वास छ । त्यस कारणले अब हामीलाई चाहिएको विकास भनेको उत्पादनमा आधारित हुनुपर्‍यो, हाम्रो शिक्षा । नेपालमा समूदायमा आधारित शिक्षा उपयुक्त छ । शिक्षा क्षेत्र पनि समूदायले चलाएको हो । समूदायलाई पनि शिक्षित बनाउनुपर्ने, जिम्मेवार बनाउनुपर्ने, राजनीतिक नेतृत्वलाई उत्तरदायी बनाउनुपर्ने र शिक्षकहरुलाई प्रतिवद्ध बनाउन सकेमात्र नेपालको शिक्षा जीवन उपयोगी हुनेछ ।’ उनले भने । 

अर्थमन्त्री शर्माले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको बताए । शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको बताए । 





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १२:३१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया