कोरोना संक्रमणदर ६० प्रतिशतले घट्यो

एक महिनाको बीचमा कोरोना संक्रमणदर ६० प्रतिशतले घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भदौ महिनाको पहिलो साताको तुलनामा असोजको तेस्रो सातामा संक्रमणदर ६० प्रतिशतले कमी आएको हो । 

भदौ पहिलो साता ४० हजार ३३८ संक्रमित थिए । भने असोज तेस्रो सातामा १५ हजार ९४२ संक्रमित पुगेका छन् । आम नागरिकको साथ र सहयोगका कारण संक्रमणदर घटाउन मद्दत पुगेको भन्दै स्वास्थ्य मन्त्रालयले सबैलाई धन्यवाद समेत दिएको छ । 

संक्रमण घटे पनि नियमित काम गर्दा ध्यान दिन समेत मन्त्रालयले सबैमा आग्रह गरेको छ । नेपालमा अहिलेसम्म ८ लाख ९३ हजार ८३६ जनामा कोरोना संक्रमण भएको थियो । ति मध्ये ७ लाख ७४ हजार १३७ जना निको भइसकेका छन् । 

नेपालमा कोरोना महामारी सुरू भएदेखि अहिलेसम्म ११ हजार २१० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १२:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया