कर्णालीका सात जिल्लामा यी हुन् कांग्रेस सभापतिका आंकाक्षी

कर्णाली प्रदेशका १० जिल्लामध्ये तिन जिल्लामा नेपाली कांग्रेसका जिल्ला सभापति चयन भइसकेका छन् । कालिकोटमा अम्बरहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह  र मुगुमा ऐनबहादुर शाही सभापति चयन भइसकेका छन् ।

सुर्खेतमा थानी र खड्का प्यानलबीच कडा प्रतिस्पर्धा हुने

कर्णालीका अन्य जिल्लामध्ये सुर्खेतमा वर्तमान सभापति कमलराज रेग्मी, देवकुमारी सुवेदी, रामबहादुर सिंह, नारायण सापकोटा, खड्क पोखरेल, निरन्जन केसी, यज्ञ बिसीले सभापति आंकाक्षी रहेका छन् । सुर्खेतमा सभापतिका आंकाक्षी रहेका बिसी कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री हुन् ।
 
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला भएका कारणले यहाँ उनी र अर्का नेता हृदयराम थानीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो अधिवेशनमा थानी प्यानलका कमलराज रेग्मीले अहिले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रहेका बिसीलाई ३ मतले पराजित गरेका थिए । सुर्खेतमा थानी र खड्का प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
 
जाजरकोटमा ६ जना आंकाक्षी 

जाजरकोट जिल्लामा वेदराज सिंह, सनत कार्की, मुक्ति कार्की, सर्वराज खत्री, महेन्द्रबहादुर शाह र इलम शाहले सभापति हुने आंकाक्षा राखेका छन् । 

दैलेखमा ५ जना आंकाक्षी

दैलेख जिल्लामा नेपाली कांग्रेसको सभापतिमा आंकाक्षी ५ जना रहेका छन् । कृष्णबहादुर बिसी, घनश्याम भण्डारी, मणिराम रेग्मी, गणेश उपाध्याय र भूपेन्द्र शाही सभापतिका आंकाक्षी हुन् । 



रुकुमपश्चिमा ३ जना आंकाक्षी

रुकुमपश्चिमा ३ जना सभापतिको आंकाक्षी रहेका छन् । हालका सभापति प्रेमप्रकाश ओली, कृष्ण रोकाया र खड्क डाँगी सभापति पदका लागि आंकाक्षी उम्मेदवार हुन् । 



सल्यानमा ५ जना आंकाक्षी

सल्यान जिल्लामा आगामी अधिवेशनमा लागि ५ जनाले सभापति पदका आंकाक्षी रहेका छन् । पूर्वजिविस सभापति धु्रवराज पुरी, त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी, एकराज डाँगी, केशबहादुर विष्ट र सन्तोष केसी सभापति पदका आंकाक्षी हुन् । 

जुम्लामा सहमति गर्ने भन्दै स्थगित

जुम्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन असोज १५ गते हुनुपर्ने हो । तर, सभापतिका लागि सहमति गर्ने भन्दै स्थगित गरिएको छ । हालसम्म पनि सहमति हुन सकेको छैन् । 

सभापतिका लागि शेरबहादुर देउवा पक्षबाट कर्णबहादुर शाही र पौडेल पक्षबाट वर्तमान पार्टी सभापति दीपबहादुर शाहीबीच प्रतिस्पर्धा भइरहेको छ । 

डोल्पामा सदस्यता विवादमा अल्झियो

डोल्पा जिल्लामा सदस्यता विवादमा नै कांग्रेसका वडा अधिवेशन नै हुन सकेको छैन । वडा अधिवेशन नहुँदा त्यहाँ कांग्रेसका सभापतिका आंकाक्षी देखिएका छैनन् । 

डोल्पामा राप्रपाबाट समायोजन भई पार्टी केन्द्रीय सदस्य रहेका कर्ण बुढाले सदस्यता विवादकै कारण वडा अधिवेशन अनिश्चित भएको बताए । केन्द्रीय सदस्य बुढाले एकलौटी सदस्यता वितरण गरेको भन्दै त्यहाँको जिल्ला नेतृत्वले असहमति जनाउँदै आएका छन् ।

  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार २०:२४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया