सुनसरीको इनरुवा तनावग्रस्त , एक दर्जन प्रहरी घाइते

प्रहरीको हिरासतमा  एक जना युवाको मृत्यु भएपछि सुनसरीको इनरुवा तनाव ग्रस्त भएको छ । 

हिरासतमा प्रहरीले दिएको यातनाका कारण मृत्यु भएको भन्दै घरेलु हतियार सहित मृतकका आफन्त प्रदर्शनमा उत्रिएपछि इनरुवा तनावग्रस्त भएको हो । 

सुनसरी भोक्राहका मोहम्बद हाकीम साहको प्रहरी हिरासतमा मृत्यु भएपछि आक्रोशित स्थानीयले जिल्ला प्रहरी कार्यालय सुनसरीमा तोडफोड गरेका छन् । 
घरेलु हतियार सहित आएका स्थानीले आक्रमण गर्दा १२ जना भन्दा बढि प्रहरी घाइते भएका छन् । 

भिड नियन्त्रण गर्न प्रहरीले १२ भन्दा बढि पटक अश्रुग्याँस प्रहार गरेको छ । १३ दिन अघि पक्राउ परेका मोहम्मद हाकिम साहलाई आज अदालत बुझाउने तयारी थियो । 

अदालत बुझाउनु अघि नै बिहान हिरासतमा रहेका कैदीहरू सुतेको बेला मोहम्बद हाकीमले आत्माहत्या गरेको सुनसरीका प्रहरी प्रमुख सञ्जय सिंह थापाले बताए । ​



कार्यालयको सिसी टिभी फुटेज हेर्दा गम्छाको पासो लागेर हिरासतको ढोकामा झुण्डिएको देखिएको थापाको दावी छ । 

मृतकका आफन्तले भने प्रहरीले हत्या गरेको दावी गर्दै नाराबाजी गरिरहेका छन् । 



प्रेम विवाह गरेका हाकीमलाई धनकुटाबाट पक्राउ गरेर प्रहरीले अभद्र मुद्दा चलाएको थियो । 

सुनसरी इनरुवा–९ की युवतीसँग उनले प्रेम विवाह गरेका थिए । अन्तरजातीय  र अन्तर धार्मिक विवाह गरेका कारण हाकीम र उनकी प्रेमिकालाई परिवारले पटक पटक छुटाउँदै आएको थियो । 

पटक पटक छुटाउँदै आएपनि १३ दिन अघि भने प्रहरीले उनलाई पक्राउ गरेर अभद्र मुद्दा दायर गरेको थियो ।

  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १२:३८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया