रूपन्देहीमा प्रहरीले सुकुम्बासीमाथि गोली चलाएको छ । गोली लागेर पाँच जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका – १४ को मोतीपुर औधोगिक क्षेत्रमा प्रहरीले गोली प्रहार गर्दा ५ जना घाइते भएका हुन् । घाइतेहरूको पहिचान खुलिसकेको छैन ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले घाइतेहरूको बुटवलस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको फरकधारलाई जानकारी दिए ।
मोतीपुर औधोगिक क्षेत्र अहिले तनावग्रस्त छ । जुन ठाउँमा सुकुम्बासी वस्ती छ । सरकारी जग्गा अतिक्रमण गरेर घर टहरा जस्ता संरचना बनाएको भन्दै प्रहरीले हटाउन खोज्दा झडप भएको प्रहरी उपरीक्षक मनोज केसीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।