कैलालीमा खैरो हिरोइन सहित ६ जना पक्राउ

खैरो हिरोइनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक दुई घटनाबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ३ ग्राम एक मिलिग्राम खैरो हिरोइनसहित धनगढी उपमहानगरपालिका २ बस्ने २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेललाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई धनगढीस्थित रामजानकी मन्दिर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले उनीहरुमाथि खानतलासी गरेको थियो । सोही क्रममा खैरो हिरोइन भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतिक  बिष्टले जानकारी दिए । 

त्यस्तै धनगढीबाट थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका १३ राजपुरका १८ बर्षीय युवक आकाश, सोही ठाउँका १८ बर्षीय राजेश राना, १८ बर्षीय राजकुमार राना र धनगढी–८ घर भएकी १८ बर्षीय सुजिता रानालाई पनि लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई कोठामा बसी लागू औषध सेवन गरी रहेका अवस्थामा प्रहरीले  भेट्टाएको थियो । उनीहरुको साथबाट ३ ग्राम ६ सय ९० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरी प्रवक्ता बिष्टले बताए । 





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १७:४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया