रुबी खानलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले माइतीघरबाट पक्राउ परेकी महिला अधिकारकर्मी रुबी खानलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । उनी पक्राउ परेपछि परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै न्यायाधीश दीपकुमार कार्कीको एकल इजलासले खानलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।  

बाँकेकी निर्मला कर्मी र नन्कुन्नी धोबीलाई न्याय माग गर्दै काठमाडौंमा रिले अनसनमा बसेको बेला प्रहरीले शुक्रबार बेलुका पक्राउ गरेको थियो । प्रहरीले उनलाई यतिबेला नेपालगञ्ज लगिसकेको छ । 

न्याय माग्न ५०० किलोमिटर हिँडेर काठमाडौंमा

उनलाई पक्राउ गर्नु गैरकानुनी भन्दै अधिवक्ता मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । दुई महिलाको न्यायको माग गर्दै नेपालगञ्जबाट २० दिन हिडेर काठमाडौं आएका थिए । १३ जना महिला र तीन जना पुरुषसहित १६ जनाको टोली झण्डै ५०० किलोमिटर हिडेर काठमाडौं पुगेको थियो । 

माइतीघर मण्डलामा रिले अनसन थालेका उनीहरुमाथि प्रहरीले बल प्रयोग गर्दै रुबीलाई पक्राउ गरेको थियो भने अन्यलाई रानीबनस्थित​ आश्रममा लगेर राखेको थियो । 

दिदीको न्यायका लागि संघर्षरत भाइ भन्छन्– प्रहरीले मृत्युलाई मजाक बनायो





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १७:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया