टि–२० विश्वकप विजेताले १.६ मिलियन डलर प्राप्त गर्ने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अर्को सातादेखि सुरु हुने टि–२० विश्वकपको पुरस्कार राशि घोषणा गरेको छ । टि–२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म संयुक्त अरब इमिरेट्स (युएई र ओमान) मा हुँदैछ ।

प्रतियोगिताको विजेताले १.६ मिलियन डलर र उप-विजेताले ८ लाख डलर प्राप्त गर्ने छन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ४ लाख डलर प्राप्त गर्नेछन् । 

सुपर १२ बाट बाहिरिने ८ टोलीले समान ७० हजार र पहिलो चरणबाट बाहिरिने चार टोलीले समान ४० हजार डलर प्राप्त गर्नेछन् । प्रत्येक टोलीले जितमा बोनस वापत ४० हजार डलर पाउने छन् । 

पहिलो चरण​मा ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष २ टोलीले सुपर १२ मा स्थान बनाउने छन् । सुपर १२ मा पनि ६–६ टोलीका २ समूह छन् । जसबाट प्रत्येक टोलीका शीर्ष २ टोलीले सेमिफाइनल प्रवेश गर्नेछन् । 

पहिलो चरण :
समूह ‘ए’ : नेदरल्यान्ड, आयरल्यान्ड, नामिबिया र श्रीलंका
समूह ‘बी’ : ओमान, पपुवा न्युगिनी (पिएनजी), बंगलादेश र स्कटल्यान्ड

सुपर १२ :
समूह ‘ए’ : इंग्ल्याण्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, अस्ट्रेलिया, पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह बी को उपविजेता ।
समूह ‘बी’ : भारत, पाकिस्तान, अफगानिस्तान, न्युजिल्यान्ड, पहिलो चरणको समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता ।





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १७:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया