बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने संसदीय दलले निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले सरकारको नेतृत्व कांग्रेसले गर्ने निर्णय गरेको हो ।
बैठकले सरकार गठनका लागि गठबन्धन दलसँग छलफलका लागि संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई जिम्मेवारी दिने निर्णय समेत गरिएको छ । बैठकमा नेपाली कांग्रेसले प्रदेश संसदमा अहिलेसम्म निर्वाह गरेको भुमिका राजनीतिक संस्कारयुक्त रहेको धारणा सांसदहरुले राखेका थिए । कांग्रेस नेतृत्वमा सरकार बनाउँदा जनताले समेत प्रशंसा गर्ने भन्दै त्यसका लागि आफ्नो दाबी छोड्न नहुने तर्क राखेका थिए ।
बैठकले कोरोना संक्रमण भई उपचाररत नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य लाभको समेत कामना गरेका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।