गिरिराज बाँस्कोटाको ‘ढुङ्गाको प्रेम’ लोकार्पण

ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकार्पण भएको छ । गिरिराज बाँस्कोटाद्धारा लिखित कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार लोकार्पण गरिएको हो । 

शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल वैद्यले लोकार्पण गरेका थिए । केन्जो खवरले आयोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा बाँस्कोटाका २७ वटा कविता संलग्न छन् । लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत हुन् । 

कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्गानाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे ।  हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाई थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैधले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए ।
 





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १८:४३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया