नेपाल भर्सेस भारतः पहिलो हाफ बराबर

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाल र भारतबीच भइरहेको खेलको पहिलो हाफ सकिएको छ । माल्दिभ्समा जारी खेलमा पहिलो हाफ बराबरीमा सकिएको हो । 

पहिलो हाफमा नेपाल र भारत दुवैले कुनै गोल गर्न सकेका छैनन् ।

भारतीय दबाब देखिए पनि नेपाली डिफेन्डरले राम्रो प्रदर्शन गरेकाले भारतीय फर्वाड राम्रोसँग चल्न सकेका छैनन् ।

आजको खेलमा भारतले नेपालमाथि जित निकाल्नै पर्ने दबाबमा छ । नेपालले यसअघि खेलेका दुई खेलमा जित निकालिसकेको छ । दुई खेल जितेको नेपाल ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

तर, भारतले यसअघिका दुई खेलमा बराबरीमा टुंग्याएको छ । २ अंकसहित तालिकाको चौथो स्थानमा भारत रहेको छ ।






  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार २२:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया