एनआरएनएले मनायो गैरआवासीय नेपाली दिवस

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आज विविध कार्यक्रमहरुको आयोजना गरि १८औं गैरआवासीय नेपाली दिवस मनाएको छ । 

स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाइएको हो । 

विगतमा झै यस अवसरमा आज स्वयम्भू र पशुपतिमा पूजाआजा कार्यक्रम गरिएको थियो । यस कार्यक्रममा संघका अध्यक्ष लगायत संरक्षक, सल्लाहकार, पदाधिकारी, विभिन्न मुलुकबाट आएका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । 

यसैगरी एनआरएनए सचिवालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । विभिन्न व्यक्तिहरुले रक्तदानमा सहभागिता जनाएका थिए । 

कार्यक्रमको अन्तमा गैरआवासीय नेपालीहरुको सम्मानमा चियापान कार्यक्रमको आयोजना गरिएको थियो ।  यस कार्यक्रममा संघका अध्यक्ष कुमार पन्तले स्वागत मन्तव्य राखेका थिए ।





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार २०:३१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया