मकवानपुरमा पिङको लठ्ठा बाँध्ने क्रममा लडेर एक जनाको ज्यान गएको छ।
सोमबार राति भीमफेदी गाउँपालिका–६ माण्डुमा दसैंको लागि लिङ्गे पिङको लठ्ठा बाँध्ने क्रममा लडेर स्थानीय ५३ वर्षीय प्रेम लामाको ज्यान गएको जिल्ला प्रहरी कार्ययल मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
लडेर घाइते लामालाई तत्काल उद्धार गरेर अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।